ललितखबर
गाँउघरको बारीको पाटामा ठूलो खड्कुलो र कराईमा मासु भात तीन चम्के चुल्होमा पकान्न्छ । लस्करै टपरी थापेर बसेका जन्ती । घरगाँउले मान्द्रोमा राखेर घाममा सुकाएको भात र झोलै झोलको दाल, ९जुन टपरीबाट चुहिएर माटोमा मिसिन्छ० र दुई चौटा मासु पस्कन्छन् । अन्तमा डेर्जटको रुपमा घ्यु र सख्खर खुवाइन्छ । यस्तै हुन्छ, ‘जन्ते बाख्रो’।
नेपाली परम्परादेखि चलि आएकोे ‘जन्ते बाख्रो’ खाने चलन अहिले झण्डै लोप हुने अवस्थामा पुगेको छ । तर यस्तै जन्ते बाख्रोको सम्झना गराउने चलचित्र ‘जन्ते बाख्रो’चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।

कथासार
पोखरा नजिक भुतखेल गाँउमा कमल ९खगेन्द्र संग्रौला० बस्छन् । उनकी बुढी आमा९रमा थपलिया० छोरा कमलेको विहे होस् भन्ने चाहन्छिन् । धेरै जना केटी माग्न जाँदा पनि कमलेले मन पराउदैन ।
अन्नतः कमलले ‘मनमा खोट नभएकी तर चोट खाएकी’ सम्झना९गरिमा शर्मा० भेट्छ । ऊसँग विवाह गर्न वाव९ुलोकेन्द्र लेखक०लाई प्रलोभन देखाएर हली बस्छ । सम्झनासँग प्रेम गर्ने कमलको जीवनमा धेरै आपत विपत आइलाग्छन् । चलचित्रको मुलसार यही हो ।
सवल पक्ष
चलचित्र ‘जन्ते बाख्रा’ेमा नेपाली संस्कृती परम्परा र रितीरिवालको जगमा एउटा हिमाली गाँउको रैथाने कथा पस्किएको छ । थुप्रै कमजोरीका बीच नेपाली माटोमा उम्रिएको मौलिक कथालाई चलचित्रमार्फत आफ्नै पारामा भन्नुलाई सुखद नै मान्नुपर्छ ।
हिजोसम्म चोरिएका र तानतुन गरेर लेखिएका कथाहरुमा बन्ने चलचित्रभन्दा ‘जन्ते बाख्रो’ भेटिने रैथाने स्वादहरु मिठा र सुगन्धले भरिएका छन् । भलै निर्देशकीय र कलात्मक क्षमता कमजोर नै भएपछि ‘जन्ते बाख्रो’को प्रयास सुखद छ ।
चलचित्रको सबैभन्दा राम्रो पक्ष प्रदिप भारद्धाजको बलियो कथाबस्तु हो । स्क्रिनप्ले९संवाद० थोरै ठाँउमा बलियो छ । मध्यान्तरसम्म चलचित्रले बोर बनाउदैन । कथा र पात्रहरुले बाँधेर राख्न सफल छ । धेरै चलचित्रमा सुरुका दृश्यहरु दिक्कलाग्दा हुन्छन् । तर चलचित्र ‘जन्ते बाख्रो’मा सशक्त रुपमा चलचित्रलाई उठाउदै लगिएको छ ।
कथा सलल बगेको छ ।
कमजोरी
चलचित्रमा सम्झना बनेर अभिनय गरेकी गरिमाको आवाजमा तोते बोली छ तर दर्शकले यो कुरा मध्यान्तरपछि मात्रै थाहा पाउछन् । अभिनेत्री गरिमाले त्यसअघि स्प्रष्ट बोल्नु र मध्यान्तरपछिको संवादमा फरकपन आउनु विरोधाभासपूर्ण छ ।
गरिमाको चरित्र सम्झनाले कतिपय ठाँउमा अपाङ्गता भएका व्यक्तिहरुलाई उडाएको भान हुन्छ ।
ठाँउ ठाँउमा हास्य संवाद मिसाइएको भए पनि निर्देशक सिमोस सुनुवारले ठट्यौली पाराले देखाएका छैनन् । हास्य संवादमा दर्शकले हलमो खित्का छोडेको सुनिन्न । लेखक प्रदिप भारद्धाजले लेखेको कमेडी शैलीलाई निर्देशकले पछ्याएको पाइदैन । चलचित्र मनोरञ्जनात्मक प्रेमकथामा आधारित चलचित्र बनेको छ । कमेडी विताएको छ ।
पत्र चयनको किसावले पनि निर्देशक सुनुवारले गल्ती गरेका छन् । हास्य पात्रमा कमल देवकोटा९पाँडे०ले मनग्गे हँसाउन सकेका छैनन् । आसिफ शाह फितलो अभिनय, गम्भिर भूमिकामा सौगात मल्ललाई सुवाएको छैन । गरिमाले पनि पात्रलाई बोक्न सकेकी छैनन् ।

समापिका गौत्तम, रुषा न्यौपाने र कुशुम शर्माको बदलाको भवना बोकेको चरित्र चलचित्र अघि बढेसँगै अलपत्र पारिएको छ । उनीहरुको सशक्त उपस्थिती मध्यान्तरपछि फितलो बनाएर टुंगाइएको छ । दर्शकलाई तान्न सफल उनीहरुको त्यो भूमिका कमजोर बनाएर अमल्याउने गल्ती नगरेको भए हुन्थ्यो ।
चलचित्रको नाम ‘जन्ते बाख्रो’भए पनि कथाका पात्रहरु आधुनिक जमानाको छन् । ५०को दशकमा चलनचल्तीका रहेको ‘जन्ते बाख्रो’ संस्कृतीकै समय र परिभेषलाई चलचित्रले जोड्दैन ।
हाँस्य चलचित्रले बजार पिटिरहेको पछिल्लो नेपाली चलचित्र बजारलाई हेरेर निर्देशक सुनुवारले देखासिकी गरेको भान हुन्न । हास्य चलचित्र बनाउन हास्यकलाकार नै जरुरी हुन्छ भन्ने विर्सेका निर्देशकले चलचित्र ‘जन्ते बाख्रो’मा हलुवामा वालुवा राखेर परिकार बनाए झैं लाग्छ । चलचित्रको अन्त्य निर्देशक सिमोस सुनुवारले दमदार बनाउन सकेका छैनन् ।

सौगात मल्ल ‘कमले’
सधै फरक चरित्रमा देखिने सौगात मल्ल चलचित्रमा गम्भिर भूमिका खासै सुवाएको छैन । जुँगा काटेको अनुहार र घुम्रिएको लामो कपालले उनीलाई फरक पात्रको लुक्स दिएको भए पनि अभिनय शिल्पले दर्शकको मन छुँदैन । अभिनेता मल्ल गीतमा भने राम्रो नाचेका छन् ।

गरिमा शर्मा ‘सम्झना’
मुख्य भूमिकामा पहिलोपल्ट देखिएकी गरिमा सम्झना पात्रमा डुवेको अनुभव हुन्न । पात्रको चरित्र तोते बोली बोल्ने युवती भए पनि दर्शकले धेरै ठाँउमा भोउ नै पाउदैनन् । उनभित्र फरक चरित्र बोकेर अघि बढ्ने क्रममा थुप्रै कमजोर भेटिन्छन् । उनको अभिनय कला दरिलो छैन ।
आशिफ शाह ‘हरि जम्कट्टेल’
आसिफको हल्लाफुल्का अभिनयले चलचित्रलाई कमजोर बनाएको छ । हास्य संवादमा उनी चुकेका छन् । हँसाउने कलामा उनको अभिनय नै हाँसोलाग्दो देखिन्छ । पात्रमा डुवेर फरक चरित्रमा घुलमिल हुन नसक्नु उनको अर्को कमजोर भेटिन्छ ।
मध्यान्तरपछि आशिफ शाहको प्रवेशले दर्शकको मन बरालिन्छ । कहिले सकिएला भनेर घडी हेर्न बाध्य हुन्छन् । लाग्छ, उनले स्टेजमा उद्घोषण गरेकै राम्रो ।
लोकेन्द्र लेखक ‘कााशीराम’
केही फरक लुक्समा उत्रेका लोकेन्द्र लेखक तुलनात्मक रुपमा फरक र बलियो अभिनय देखाउन सफल छन् । उनले दर्शकको ध्यान तान्न चुलबुले चरित्रलाई दुरुस्त बनाउने भरपुर कोसिस गरेका छन् ।
समापिका गौत्तम, कुशुम शर्मा र रुषा न्यौपानेले चलचित्रमा मसलेदार अभिनय पस्केका छन् । समापिकाको चुलबुले र छुच्ची खलपात्रले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । उनीहरुको अभिनय हेर्दा पुरुष पात्रलाई मसलेदार अभिनय गराएर मनोरञ्जन दिलाउने पुरानो जमाना फेरिएको अनुभव हुन्छ । निर्देशक सुनुवार यहाँनिर भने सफल छन् । कमल देवकोटा९पाँडे०ले लमीको चरित्र दुरुस्तै उतारेका छन् तर दर्शक हँसाउन बल गरे पनि सकेका छैनन् ।

प्रविधि
चलचित्र हेरिरहँदा प्रविधिको प्रयोगको खासै अनुभव हुन्न । सिनेमेट्रोग्राफर हरि हुमागाई र उत्तम हुमागाईले हिमाली दृश्यलाई राम्रोसँग देखाएका छन् । सुनिल शिवभक्तीको सम्पादनमा खोट लगाउने ठाँउ छैन । राजेन्द्र मोक्तानको रंग सम्पादन राम्रो छ । वावुल महेश र कृष्णको संगीतको खासै प्रभाव छैन । शंकर महर्जन र देव महर्जनको एक्सन औसत छ । दिपु पौडेलले कलाकारहरु फरक देखिन राम्रो श्रृगारले प्रयोग गरेको देखिन्छ ।
अन्तमा,
सलल बगेको मिठो कथामा कमजोर स्टारकास्ट र निर्देशनले चलचित्र कतिसम्म हरिविजोक हुन्छ भन्ने उदाहरण बनेको छ ‘जन्ते बाख्रो’। ‘जन्ते बाखो’ जाने नेपाली परम्परालाई चलचित्रले छुस्स छोएर अन्तै अलमलमा परेको छ । चलचित्रले जे विषयबस्तु भन्नु पर्ने हो चुप छ । शिर्षक र कथाबस्तुमा तालमेल छैन ।
लभ र कमेडी विधामा आधारित भएचलचित्र ‘जन्ते बाख्रो’निर्माण गरिएको भए पनि चलचित्रमा कमेडी हेरेर हास्नै पाइन्न । हिरो र हिरोइनको केमेष्ट्रि नमिल्दा चलचित्र लभ स्टोरी बेस्वादको छ ।








प्रतिक्रिया