काठमाडौं
पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ जस्ता दुखान्त कथा बोकेका चलचित्रले सफलता पाइरहेका छन् ।
केही समयसम्म नेपाली बजारमा कमेडी विधाका चलचित्र चले । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन् ‘जनै हराएको मान्छे’का निर्देशक हिमाल न्यौपाने ।
निम्न बर्गीय र मध्यमबर्गी नेपालीले भोगिरहेको समस्या आफ्नो सिनेमामा रहेको निर्देशक न्यौपाने बताउँछन् । रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटनाहरुको बीचबाट दर्शकलाई यो पटक सिनेमा देखाउने रहरले आफूले यो चलचित्र बनाएको उनको भनाइ छ ।

चलचित्रमा विजय बरालसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको पनि अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । दचलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको छ ।
‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ भदौ ६ गते प्रर्दशनको तयारीमा रहेको छ ।








प्रतिक्रिया