आजदेखि देशभरका हलहरुमा नेपाली चलचित्र ‘महाभोज’ प्रदर्शनमा आएको छ ।
दिनेश राउत निर्देशित यस चलचित्रले
चलचित्र मभहाभोज करिब २०० शोसहित सार्वजनिक प्रदर्शन सुरु भएको हो ।
चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका छ ।
पछिल्लो समय सहकारीको वित्तीय समस्या आइरहेको सन्दर्भमा
सोही विषयबस्तुमा चलचित्र निर्माण गरिएको छ ।
चलचित्रको काठमाडौ, विराटनगर र धरानमा प्रिमियर आयोजना गरिएको छ ।
प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएको निर्माण पक्षले जानकारी दिएको छ ।
पछिल्लो समय चलचित्रका समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका छ । निर्माण पक्षले समिक्षक र दर्शकको साथ पाउने अपेक्षा रहेको बताएको छ ।
चलचित्रको प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ ।
प्रिमियरमा सहभागी सहकारी पीडितहरूले यो चलचित्र सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। । अन्य दर्शकहरूले भने चलचित्रले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन् ।
ुमहाभोजु क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।
‘महाभोज’








प्रतिक्रिया