ललितखबर
नेपाली चलचित्रका चकलेटी हिरो आर्यन सिग्देल । लामो समय बक्सअफिसमा देखिएनन् । सिने नगरीमा भेटिएनन् ।
पछिल्लो पुस्ताले चिन्ने गरी उनी आजकल चलचित्र क्षेत्रमा सक्रिय छन् । फरक अभिनयशैली र भूमिकालाई उनलाई दर्शकले रुचाएकै छन् ।
एउटा हिरोको लाखौं संख्यामा फ्यान र फलोअस् हुन्छन् । मन परेको हिरोले बोलेको हाँसेको र हिडेको सबैले हेरिरहेका हुन्छन् । एउटा आर्दश पात्रको रुपमा पछ्याइरहेका हुन्छन् ।
तर आर्यन सिग्देल क्यामेराको अगाडि अलि धेरै नखरा गरिरहेको छन् । कहिले औपचारिक प्रेस मिटमा सहकर्मी हिरोहरुसँग अंगालोमा बाँधिएका हुन्छन्, त कहिले सञ्चारकर्मीहरुलाई अपमानित गरेर बोलिरहेका छन् ।
चलचित्रको रिभ्युको क्रममा अभिनेता सिग्देलले चलचित्रको प्रचारको ठेक्का लिएकोजस्तो गरेर सञ्चारकर्मीहरुलाई ‘तिमी’ शव्द प्रयोग गरेका छन् ।
‘चलचित्रको राम्रो प्रचार भयो त ?’ भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिएको पारा उदेकलाग्दो छ । उनले प्रतिप्रश्न गरेका छन्–‘तिमीहरुको काम के हो त ?’
मानौ’ घरका भाई बहिनीलाई व्यक्तिगत काम लगाएजस्तो । व्यावसायिक ‘हिरो’को रुपमा स्थापित आर्यन सिग्देलजस्तो व्यक्तित्वबाट यस्तो उत्तरको पक्कै अपेक्षा गरिन्न ।
सार्वजनिक सञ्चारमाध्यममा एउटा सेलिब्रटीको यस्तो व्यावहार कदापी राम्रो होइन । यो समग्र सञ्चार कर्मगर्नेहरुप्रति अपमान हो ।
प्रश्न एउटा हिरोको व्यावहारको मात्रै होइन, सेलिब्रेटीहरुसँग नजिक हुने बहानामा सञ्चारकर्मीहरुले आफूलाई कसरी प्रस्तुत गरिरहेका छन भन्ने पनि हो । कि कसो ?








प्रतिक्रिया