काठमाडौँ
द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक गर्दै चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गरेका छन् ।
निर्देशक सानेले आफूले विगतमा मैले गरेको कामभन्दा यो निकै फरक काम गरेको एक कार्यक्रममा अनुभव साटेका छन् । यो चलचित्रले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटेको जानकारी दिदै निर्देशक सानेले भने, यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रमा जीवन्त बनाएका कलाकारले गर्दा भिन्न रूपमा आएको छु ।”

अभिनेता सौगात मल्लले पनि चलचित्र जोडिनाका कारण विषय र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको खुलाएका छन् ।
अभिनेता मल्लले द्वन्द्वको प्रभाव परेको व्यक्ति र उसको परिवारको कथा बारे वर्णन गर्दै भने, चलचित्रले हाम्रो सोचाइमा परिवर्तन ल्याउँछ जस्तो लाग्छ ’ ।
चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा निर्देशक सुनुवारसँगै प्रदीप भारद्वाजले लेखेका हुन् ।








प्रतिक्रिया