२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि ६ विकेटको फराकिलो जित निकालेको छ ।

पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९ दशमलव ४ ओभरमा मात्र चार विकेट गुमाउँदै १८० रन बनाएर जित दर्ता गर्‍यो । जारी सिरिजमा यो नेपालको दोस्रो जित हो ।

नेपालको जितका लागि कुशल भुर्तेलको अर्धशतकीय इनिङ्स महत्त्वपूर्ण रह्यो । उनले ५१ बल खेल्दै ६ चौकाको सहयोगमा ६५ रनको इनिङ्स खेले ।

यस्तै आरिफ शेख र भीम सार्कीले पनि महत्त्वपूर्ण रनको योदान दिए । आरिफले मात्र २३ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३९ रनको योदान दिए । स्वास्थमा समस्या भएपछि उनी रिटायर हर्ट भए ।

यस्तै भीम सार्कीले पनि १६ बलमा १ छक्का र दुई चौकासहित २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले नटआउट १६ रन जोड्दा लोकश बमले भने चार बलमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।

बलिङ तर्फ नेदरल्यान्ड्सका बेन फ्लेत्चर, आर्यन दत्त, ज्याक लियोन क्याचेट र रियोल्फ भानडर मर्भेले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । ५३ बल खेलेका उने ५ छक्का र ६ चौकाको सहयोगमा ८६ रनको शानदार पारी खेले ।

यस्तै भानडर मर्भेले नटआउट ३६ रन जोड्दा आर्यन दत्तले १७ र सकिब जुल्फीकरले १४ रन जोडे ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १/१ विकेट लिए । नेदरल्यान्ड्सको यो अन्तिम खेल हो । चार खेलमा नेदरल्यान्ड्सले २ हार र २ जित निकाल्यो ।

यता नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।