१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता विपिनसँगै रमेश उप्रेती रवि लामिछानेको पक्षमा



 

नेपाली चलचित्रका चर्चित अभिनेता विपिन कार्की र रमेश उप्रेतीले ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’मा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालय वनस्थली पुगेर दुवै अभिनेताले हस्ताक्षर गरेका हुन् ।

असारको ७ गतेदेखि रास्वपाले सभापति रवि लामिछानेलाई जेलबाट छुटाउन दबाब दिनका लागि हस्ताक्षर अभियान चलाइरहेको छ । सोही हस्ताक्षर अभियानमा अभिनेता विपिन र रमेश सहभागी भएका हुन् ।
अभिनेताहरु पार्टी कार्यालय नै पुगेर राजनीतिक विचारमा समर्थन गरेपछि उनीहरुविरुद्ध समर्थकहरुले आलोचना गरिरहेका छन् । राष्ट्रिय कलाकारहरुले निश्चित पार्टीको झण्डामुनि जान थालेपछि क्रेट विस्तारै कम हुने गरेको छ ।
पछिल्लो समय अभिनेत्री करिष्मा मानन्धर, रेखा थापा र भूवन केसी राजनीतिक दलमा प्रवेश गरेपछि समर्थकहरु निराश भएका थिए । विस्तारै उनीहरुको क्रेज घटेको देखिन्छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।