२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘तथास्तु’ निर्माणको घोषणा



‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो चलचित्र ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका छन् ।

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७मा हुनेछ । ‘जी’ सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो चलचित्रका निर्देशक लामाले ‘तथास्तु’ केवल चलचित्र नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। उनका अनुसार चलचित्रले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। साथै,‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।

निर्देशक लामाले चलचित्रको ‘तथास्तु’ राख्नुको कुरालाई समेत अथ्र्याएका छन्। उनले भने,‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ। तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ।’

निर्देशक लामाले चलचित्रमा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो चलचित्रको छायांकन नेपाल र भारतमा हुनेछन्।

फिल्मको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।