२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कमेन्टको अत्याचार धेरै भयो : एलिना चौहान



काठमाडौं । चर्चित गायिका एलिना चौहानले आफूले सामाजिक सञ्जालमा गरेको पोस्टमा अत्यधिक नकारात्मक कमेन्ट आएकोप्रति असन्तुष्टि जनाउँदै ती कमेन्टकर्तालाई सार्वजनिक गर्ने चेतावनी दिएकी छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै एलिनाले लेखेकी छन्, “कमेन्टको अत्याचार धेरै भयो। पालैपालो पोस्ट गर्छु, भाइरल हुन मन लाग्नेहरू आइजा है।” उनको यो भनाइ पछिल्लो समय सामाजिक सञ्जालमा एलिना र उनका पूर्व श्रीमान् विष्णु सापकोटालाई जोडेर आएका नकारात्मक टिप्पणीहरूप्रति लक्षित देखिन्छ। एलिना र विष्णुबीच डिभोर्स भइसकेको पुष्टि भइसकेको छ।

यसअघि पनि केही कलाकारले यस्तै व्यवहारको विरोध गरेका थिए। गायिका समीक्षा अधिकारीले समेत सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्ने प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक गरेकी थिइन्। समीक्षा माथि कलाकार पल शाहसँगको सम्बन्ध जोडेर अनलाइन ट्रोलिङ गरिएको थियो।

एलिनाले पोस्टमार्फत अब यस्ता कमेन्ट सहन नहुने संकेत दिँदै विष्णु सापकोटालाई लिएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेकी छन्।

 

 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।