काठमाडौं
चलचित्र ‘पारी बुटोल’का लागि कलाकार खोजी सुरु भएको छ ।
चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशक गणेशदेव पाण्डेले बताएका छन् ।
चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक परेको बताइएको छ । यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ ।
त्यस्तै, महिला कलाकारतर्फ १७ वर्षकी मंगोलियन युवती, १९ वर्षकी सेमी मंगोलियन युवती, १८र१९ वर्षकी मंगोलियन र आर्यन युवती, ३५–४० वर्षकी आर्यन, सेमी मंगोलियन वा मंगोलियन महिला र ६० वर्षकी आर्यन महिलाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
कलाकार छनोटका लागि अडिसन कार्यक्रम असार १६ गतेदेखि १८ गतेसम्म (सोमबारदेखि बुधवार) सञ्चालन हुनेछ । अडिसन प्रत्येक दिन दिउँसो १ बजेबाट ६ बजेसम्म नेपाल फिल्म कलेज, पिंगलास्थान, सिनामंगलमा सञ्चालन हुने बताइएको छ ।
इच्छुक कलाकारहरूले पोस्टरमा उल्लेख गरिएको क्युआर कोड स्क्यान गरेर फारम भर्न सक्नेछन् ।
निर्देशक पाण्डेले आफ्नो चलचित्रका लागि यथार्थपरक अनुहार र अभिनय क्षमता भएको नयाँ पुस्ताका कलाकारहरूलाई प्राथमिकतामा राखेका छन् ।
पाथीभरा इन्टरटेनमेन्ट र अक्टोवर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको बताइएको छ ।








प्रतिक्रिया