टेलिभिजनमा लामो समय कलाकारिता गर्दै आएका बल्छी धुर्बे अर्थात् मरिचमान श्रेष्ठ चलचित्र ‘गोबर गणेश’ निर्देशन गर्ने भएका छन् ।
भर्खरै उनको निर्देशनमा बन्ने चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते गर्ने योजनाका साथ घोषणा गरिएको भए पनि चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
उनी टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ बाट दर्शकमाझ परिचित छन् । चलचित्रमा उनी अभिनय गर्ने वा नगर्ने खुलाइएको छैन ।
चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ,सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायतले चलचित्रमा अभिनय गर्ने भएका छन् ् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन् । यद्यफि यसबारे निर्माणपक्षले केही बताएको छैन ।
“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो । कमेडीको जगमा गोबर गणेश आउनेछ ।”
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।








प्रतिक्रिया