२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पत्रकारहरु मिलेर चलचित्र ‘मुनामदनको ब्रेकअप’ निर्माण गर्र्दै



काठमाडौं
पछिल्लो समय पत्रकारिताको पृष्टभूमिबाट चलचित्र क्षेत्रमा स्थापित तीन पत्रकारहरु मिलेर चलचित्र निर्माणमा जुटेका छन् । लामो समयसम्म मुलधारको सञ्चारमाध्यमहरुमा काम गरेका दिपेन्द्र लामाको निर्देशनमा, फोटोपत्रकार समेत रहेका श्रीधर पौडेलको कार्यकारी निर्माताको रुपमा र सामिप्यराज तिमल्सिनाको पटकथा रहने गरी चलचित्र ‘मुनामदनको ब्रेकअप’को घोषणा गरिएको छ ।
निर्माण पक्षले कलाकारको रुपमा चलचित्र ‘नरसिंहा अवतार’मा चर्चा कमाएका राज कटवालले अभिनय गर्ने पक्का भएका छन् ।
निर्देशक लामाका कलाकारहरुका सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । ‘कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने । डेब्यू निर्देशकीय फिल्म ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जक चलचित्रका रुपमा तयार पार्ने सोचमा छन् ।

चलचित्रका लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने गराए । ‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ,’ तिमल्सेनाले भने, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ, त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौं ।’

अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । ‘अघिल्ला चलचित्रहरुमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु,’ कटवालले सुनाए । फिल्मको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने बताए । ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।