२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ज्योति मगरको व्यङ्ग्यात्मक कटाक्ष : मिडिया छाउन कला होइन, क्यामेरा पछ्याउने हो ?



काठमाडौं । बोल्ड प्रस्तुतिका लागि चर्चित गायिका ज्योति मगरले मिडियामा चर्चामा रहनुका पछाडिका प्रवृत्तिहरूमाथि व्यङ्ग्यात्मक शैलीमा कडा कटाक्ष गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत ‘मिडियामा छाइरहन के–के गर्नु पर्छ?’ भन्ने शीर्षकमा पोस्ट गर्दै, आजभोलि मिडिया चर्चाका सूत्रहरूबारे तीतो व्यङ्ग्य प्रस्तुत गरेकी हुन्।

उनले लेखेकी छन्–“अब मिडियामा छाइरहन कला, संगीत, साहित्यभन्दा बढी महत्वपूर्ण कुरा त क्यामेरा पछ्याउने, रोइदिने, टिकटक लाइभमा छाडा बोल्ने र व्यक्तिगत सम्बन्ध उछाल्ने हो रे!”

ज्योतिको व्यङ्ग्य यस्तो छः
१. क्यामेरा पछ्याउने अभ्यास

“फिल्मको प्रिमियर, अवार्ड शो, कुनै स्टारको जन्मदिन, कुनै नेताको अगाडि-पछाडि एङ्गल मिलाएर क्यामेरा समातिरहनुपर्छ।”

२. पोड्कास्टमा आँसु झार्ने कौशल

“जहाँ जानुभयो, त्यहीँ दुख भरी कथाको भारी खोल्नुपर्छ। रोइदिनु पर्छ, अनि मिडिया छोपिन्छ।”

टिकटक लाइभ– २४ घन्टा शो

“छाडा बोल्दै, गेम खेल्दै लाइभ बस्नुपर्छ। अनि भिडियो बनाउँदा कुनै चर्चित मान्छेलाई तानेर भिडियो बनाउनु। झन् भाइरल!”

व्यक्तिगत सम्बन्ध– मिडिया माला

“अन्त्यमा सबैभन्दा असरदार कुरा भनेकै व्यक्तिगत सम्बन्धलाई मिडियामा बेचिरहनु हो।”

“कला साहित्य संगीत चै यसो अलिअलि गर्‍यो भैहाल्छ…”
ज्योतिको कटाक्ष यहीँ रोकिँदैन। उनले हल्का गम्भीर स्वरमा लेखेकी छन्,

“कला, साहित्य, संगीत भन्ने कुरा चै यसो अलि अलि गर्ने हो, खासै जरुरी छैन…”

उनको यो व्यङ्ग्य पोस्टले अहिलेका ट्रेन्ड र मिडिया मोहमा रमाइरहेका अनुहारहरूलाई लक्षित गरेको बुझिएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।