२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनको जुवाको खालबाट आइतबार ११ जना पक्राउ



 

पाटन गावाहालमा जुवाको खालबाट आइतबार ११ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १६ गावहाल बस्ने ५२ वर्षीय प्रेम महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रेम समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ पर्ने जुवाडेहरुको नाम भने सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।