ललितखबर
ललितपुर जिल्ला अदालतको मुद्दा फछर्यौटमा उल्येख्य प्रगति भएको छ ।
गत बर्ष ५८ प्रतिशत मुद्दा फछर्यौट भएकोमा यस आर्थिक वर्ष ७ प्रशिशतभन्दा धेरै मुद्दा टुंगोमा पुगेको हो ।
ललितपुर लगनखेलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर आदालत प्रशासनले ६५.३८३ प्रतिशत मुद्दा टुंगोमा पुर्याउन सफल भएको जानकारी दिइएको छ । गत आर्थिक वर्षमा ५८.५४ प्रतिशत मुद्दा फछर्यौट भएको अदालतले तथ्यांक सार्वजनिक गरेको छ ।
यस आर्थिक वर्षभित्र ८ हजार १ सय १६ मुद्दामा ३ हजार ३ सय १३ मुद्दा फछर्यौट गरिएको हो । अदालतमा अब २ बर्षभन्दा पुराना मुद्दा ३ वटा मात्रै बाँकी छ ।
अदालतका न्यायाधिश पुनाराम खनालले २ वर्षभन्दा पुराना ३ मुद्दा अदालती प्रकृयाका कारण मात्रै बाँकी रहेको जानकारी दिएका छन् । भने, ‘हामीले यो बर्ष दु्रत गतिमा काम गरेका छौं । कुनै दिन साँझ अबेरसम्म बसेर समेत काम गरेका छौं ।’
कुल मुद्दामध्ये न्यायाधिश रिताकुमारी बख्रेलले १ हजार १ सय १९ मुद्दा फछर्यौट गरेको तथ्यांक देखिन्छ ।
अदालतका न्यायाधिश खनालले अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद,जग्गा जमिनको मामिलाजस्ता मुद्दा धेरै आउने गरेको जानकारी दिएका छन् ।
हाल जिल्लामा ७ न्यायाधिश कार्यरत छन् ।भने कर्मचारी करिव १ सय २० जना कार्यारत रहेका छन् ।








प्रतिक्रिया