१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जदौ’ निर्माणको घोषणा : गीत सुनेपछि सहभागी स्तव्ध



काठमाडौंमा औपचारिक कार्यक्रम आयोजना गरेर चलचित्र ‘जदौ’ निर्माणको घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा सहभागी कलाकारहरुले अन्तरजातीय प्रेमजोडीले भोग्नु परेको संघर्षको यथार्थता झल्कने गीत सुनाएपछि वातावरण स्तव्ध बनेको थियो ।

कार्यक्रममा कलाकारहरु मुकुन भुसाल,नीति शाह,प्रभातपाल ठकुरी,विनोद न्यौपाने,सन्ध्या श्रेष्ठ र प्रिति कौर गीत वाचन गरेका थिए । कार्यक्रमका चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्माणाधिन चलचित्र ‘जदौ’ को टाइटल अनावरण गरेका छन् ।

चलचित्रलाई काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने घोषणा गरिएको छ ।

चलचित्र सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा रहेको छ । निर्माण कम्पनी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा अहिले पनि ब्यप्त जातीय बिभेदका बिबिध घटनाहरुबाट प्रेरित रहेको बताउँदै यसप्रकारका भेदभाव निर्मूल गर्नका लागि फिल्मले आवाज बुलन्द गर्ने दावी गरिन् । अर्का निर्देशक काजी लिम्बूले आफूले बर्षौदेखि देखि,भोगी आएका वास्तवीक जातीय बिभेदकारी घटना,प्रसंगहरुलाई ‘जदौ’ मा बुन्ने प्रयास गरिएको बताए ।

अभिनेता मुकुन भुसाल र बिनोद न्यौपानेले आफुहरुले अहिलेसम्म गरेका भन्दा बिल्कुल भिन्न पात्र र भूमिका ‘जदौ’ मा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए ।
अभिनेत्री नीति शाहले स्क्रिप्ट र टिम निकै मन परेको बताउदै यो चलचित्रमा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन् ।

अभिनेता प्रभातपालले आफूलाई बिश्वास गरेर गहन भूमिका सुम्पिएकाले आफूले निकै गम्भीरताका साथ तयारी सुरु गरेको बताए ।

मुकुन,नीति,प्रभातपाल,बिनोद,सन्ध्याका साथमा ऋचा शर्मा,अनिल सुब्बा,सिपी पुडासैनी ९धतुरे० लगायतका कलाकारले अभिनय रहने जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।