काठमाडौं । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको हो ।
यादवको साथबाट घुसबापत लिएको नगद सात लाख ३१ हजार रुपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।








प्रतिक्रिया