२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहको जोडी बनेर देखिदै सिमरन पन्त



 

अभिनेता पल शाहको जोडी बनेर अभिनेत्री सिमरन पन्त चलचित्र ‘आ बाट आमा’ मा देखिने भएकी छिन् ।

निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेसँगै उनी अभिनेता पल शाहसँग जोडी बाँन्ने निश्चित भएको हो । उनीे यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेपछि दर्शकहरुको प्रशंसा पाएकी थिइन् ।
चलचित्रमा यस अघि अभिनेत्री विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् । अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए ।
नयाँ चलचित्रमा रावत पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।

फिल्मका निर्देशक चन्द्र पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। ‘ह्रस्वदीर्घ’ मार्फत विपना थापाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। अब उनी पुनः पन्तकै निर्देशनमा काम गर्न लागेकी हुन्।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ।

फिल्मको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ भने निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।