ललितखबर
कलाकार केदार घिमिरेले एक सार्वजनिक कार्यक्रम चलचित्र ‘माग्नेराजा’का निर्देशक ऋषि लामिछानेले चर्की चर्की पत्रकारसँग झगडा गरेको भन्दै गुनासो गरे । उनले त्यही कार्यक्रममा पत्रकारहरुसामु निर्माता मुनाल घिमिरेले हाइप बढाउन भन्दै लिदै नलिएको पारिश्रमिक बोलेको र लेखक सामिप्यराज तिमल्सिनाले विवाद चर्काउन पत्रपत्रिकामा लेख लेखेको भन्दै प्वाक्कै बोलिदिए ।
नबोलुन् पनि किन ? चलचित्रको मुख्य भूमिकामा डेव्यु गरेका कलाकारलाई नै अप्ठ्रो पार्दै चलचित्रका निर्देशक निर्माता र लेखक नै उत्रेपछि प्रतिवाद गर्नु स्वभाविकै थियो ।
चलचित्र ‘माग्नेराजा’ गएको यस्तै विवादमा रुमलियो । चलचित्रको हाइप बढाउने निर्माणपक्षको फण्डा पछिल्लो समय यतिसम्म घातक बन्यो कि यो विषयमा न कलाकार बोल्न तयार भए न निर्देशक र निर्माता नै ।
राजधानीमा चलचित्रको गीत सार्वजनिक कार्यक्रममा निर्देशक ऋषि लामिछानेले पैसाको कुरा नगर्न भन्दै पत्रकारलाई औला ठड्याए । पैसाको कुरा उचालेको भन्दै उल्टै पत्रकारलाई आरोप लगाए । प्रश्न गर्ने अधिकार भन्दै उत्तर खोज्नपछि निर्देशक नम्र बन्दै पैसाको बारेमा नसोध्न अनुनय विनय गरे । अनि भने, ‘म तपाईंहरुको खुट्टा छोएरै भन्छु । पैसाको कुरा गर्न चाहदैनौं । उनले पत्रकारहरुसँग माफी नै मागेका थिए ।’
निर्देशक लामिछानेले आफूहरुले पैसाको कुरा नगरेको दाबी गर्दै प्रश्नको उत्तर मात्रै दिएको भन्दै पञ्छिए ।
कार्यक्रममा सहभागी केदार घिमिरे ज्यादा कुटनीतिक जवाफ फर्कार उम्किए । बोल्ने क्रममा निर्माता मुनाल घिमिरेलगायतले चलचित्रको प्रर्दशन मिती भदौं २१ भन्दै माइक फिर्ता गरेका थिए ।
चलचित्र माग्नेराजाको प्रचार रणनीति फेल भएपछि पछिल्लो समय कलाकार र निर्माण पक्ष प्रतिरक्षामा उत्रेको हो ।
नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ प्रचार रणनीति लिएर निर्माण युनिट अघि बढेको देखिन्छ । झुटा कुरा गरेर सञ्चारमाध्यममा छाउने निर्माता मुनाल घिमिरेको अक्कल फेल भएपछि आजकल सिने क्षेत्रमा उनीहरु आफै हाँसोको पात्र बनेका छन् ।
गुणस्तरिय चलचित्र नबनाउने र हाल्ला गरेर हलमा चलाउने चलचित्र कर्मीको हर्तका कारण दर्शक पछिल्लो समय विच्किएका छन् । त्यसैले निर्माताले चलचित्र प्रर्दशनको दिन हल्ला गर्न टिकट समेत आफैले किन्नु पर्ने बाध्यता रहेको कुरा सार्वजनिक भएको छ ।








प्रतिक्रिया