२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विजय लामा र दिया पुनले चलचित्र ‘एक्लो’को सेटमा घण्टौंसम्म रिटेक दिइरहे



काठमाडौँ
एउटा राम्रो कलाकारलाई टेक खानु लाजमर्दो कुरा हो । उत्कृष्ट अभिनय क्षमता भएका कलाकार हम्मेसी रिटेक दिदैनन् । तर चलचित्र ‘एक्लो’को दुई मिनेटको दृश्य खिच्न घण्टौं समय लागेको छ भने

वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को केही दृश्य काभ्रेपलाञ्चोकको पनौतीमा भव्य सेटअप तयार गरी छायांकन गरिएको थियो । निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्ने क्रममा अभिनेता विजय लामा र अभिनेत्री दिया पुनले ६ घण्टासम्म कसरत गरेका छन् ।

छायांकनको क्रममा कलाकारहरू पटक–पटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो। सट बिग्रिएपछि बारम्बार ‘कट’ भन्दै दृश्य दोहोरिनु पर्‍यो। निर्देशकको अनुसार, दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो।

कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’का अनुसार यस्तो दृश्य खिच्नका लागि उच्च स्तरको योजना र धैर्य आवश्यक पर्छ। ‘सानो त्रुटि हुँदा पनि सबै प्रक्रिया सुरुबाट दोहोरिनुपर्ने भएकाले समय धेरै लाग्यो’ उनले बताए।

चलचित्र ‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। हाल चलचित्रको पोस्ट–प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुष महिनामा, क्रिसमस अवसर पारेर रिलिजको तयारी भइरहेको छ।

फिल्मको टिजर केही समयअघि सार्वजनिक भइसकेको छ, जसमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारहरूको लुक्स प्रस्तुत गरिएको थियो। यस चलचित्रले यसअघि कान्स फिल्म फेस्टिभल को बजार क्षेत्र (मार्केट)मा आफ्नो उपस्थिति जनाएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बटुलेको छ।

चलचित्रको निर्देशन प्रदीप शाहीले गरेका हुन्, जसले यसअघि दुई चलचित्र निर्देशन गरिसकेका छन्। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन्।

कलाकारहरूमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकन छन्।

निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

प्राविधिक पक्षमा, छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाईन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, र प्रोडक्सन डिजाईन द्रोण प्रसाद पौडेल ‘ठेउके’ को जिम्मेवारीमा रहेको छ।

‘एक्लो’ नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको एक गम्भीर र महत्त्वाकांक्षी प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।