२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जनै हराएको मान्छे’को गीतमा विजय बरालको उत्कृष्ट नृत्य



ललितखबर/ललितपुर
नेपाली चलचित्रका ‘हिरो’हरुलाई एउटा आरोप छ । हिरोहरु नाच्नै जान्दैनन् । कतिपय ‘हिरो’हरु लाजै नमानी सञ्चारमाध्यमहरु अगाडि उभिएर ‘म त नाच्न जान्दिन । कोरियोग्राफरले जिउ हल्लाइदिएका हुन् ।’

पुराना हिरोहरु राजेश हमाल, भुवन केसीदेखि पछिल्लो पुस्ता अनमोल केसीसम्म यो श्रृखला दोहोरिएकै छ । दायहाङ राई आर्यन सिग्देललगायत हिरोहरु पनि नृत्यमा कमजोर बनेरै धेरै चलचित्रमा देखिए ।
तर पछिल्लो पुस्ताका उदाउदो हिरो विजय बरालको उत्कृष्ट नृत्य रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
‘मसुरीको दाना’ बोलको गीतमा अभिनेता विजय बराल र गौरब पहाडीलाई अभिनेत्री केकी अधिकारी, मिरुना मगरसँग कोरियोग्राफर सुनिल क्षेत्रीले गज्जवले नचाएका छन् ।
गीतमा डेव्यु अभिनेता बरालको उचाई कम देखिएको भए पनि दमदार नृत्य समेटिएको छ । अर्का अभिनेता पहारीले पनि उसरी नै साथ दिएका छन् ।
गीतमा कोरस नृत्यको श्रृखला पनि सुन्दर देखिएको छ ।

विजय बरालले अभिनय गरेको ‘पूर्णबहादुरको सारङ्गी’ बक्सअफिरमा करिव ४७ करोड रुपैयाँ रा्बर व्यापार गरेर अहिलेसम्म उत्कृष्ट हुँदै सफल बनेको थियो ।

गीत अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र भदौ ६ गते प्रर्दशनको तयारीमा रहेको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।