काठमाडौं
निर्माणको तयारीमा रहेको ‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरीको प्रवेश भएको छ ।
चलचित्रका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू चलचित्र हो ।
चलचित्रबन्ध भएपछि आयुषले भने–‘मलाई थुप्रै चलचित्रको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही चलचित्रबाट डेब्यू गर्ने निर्णय लिएको हुँ ।’
चलचित्र ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । चलचित्रका निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले चलचित्रका लागि निकै मिहिनेत गरिरहेका छन् ।’
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ ।
चलचित्रमा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् ।
उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको चलचित्रमा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने चलचित्रको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।
तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने चलचित्रलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।
१३ श्रावण २०८२, सोमबार
20
Shares








प्रतिक्रिया