ललितखबर
नेपाली चलचित्रको प्रचार फण्डा अचम्मलाग्दो छ । चलचित्रको प्रमोशनमा हिडेका कलाकार सामान्य नूनको सोझो समेत गर्दैनन् ।
केही दिनपछि चलचित्र माग्नेराजा हल हलमा प्रर्दशनको तयारीमा छ । तर चलचित्रका कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ निर्माता निर्देशकविरुद्ध बोल्दै हिडेका छन् ।
पैसाको कथामा निर्माण भएको चलचित्र ‘माग्नेराजा’को प्रचारमा पैसाको चर्चा स्वभाविक थियो । ट्रेलर र गीतमा पैसाको कथा खुलासा हुनुअघि निर्माता निर्देशकले पैसाको चर्चा गरे । प्रचार सामग्रीको हाइप बढाए । तर उल्टै आलोचना भयो ।

अरु त अरु चलचित्रका टिममा रहेका केदार घिमिरेसमेत निर्माता निर्देशकको जहाँ त्यही आलोचनामा उत्रे । यसअघि पनि उनी निर्माता निर्देशक विरुद्ध बोलेकै हुन् । सबै कुरा साम्य भएपछि पनि केदार घिमिरे उर्फ ‘माग्नेबुढा’ रोकिएनन् ।
‘कमेडी नाइट विद च्याम्पियन’मा कलाकार माग्नेबुढा निर्माताले बढी पारिश्रमिक दिएको भनेर बोलेको, चलचित्रका निर्देशक ऋषि लामिछाने रिसाएको र लेखक सामिप्यराज तिमल्सिनाले लेख लेखेको भन्दै फेरि आलोचना गरे ।
निर्देशक लामिछानेले पत्रकार सम्मेलनमा एक युट्युवरले भ्युज बढाउन ‘कर्तुत गरेको’ आरोप लगाउदै भड्काउने प्रश्न गरेपछि निर्देशक लामिछानेले त्यसो नगर्न भनेका थिए । यही विषयलाई माग्नेबुढाले अतिरञ्जित बनाउदै हिडेको हुन् ।
हरेक ठाँउमा निर्माता निर्देशककै अगाडि बोल्दै हिडेको चाँही कती पनि नसुवाउने । ‘…. लाई भन्दा देख्नेलाई लाज’ लाग्ने गरि नबोल्दा हुन्न र माग्ने ज्यू ?
‘एउटा जाडोले माघ जाँदैन’ माग्नेज्यू भोली भोली पनि चलचित्र खेल्नुपर्छ । निर्माता र निर्देशक बाँचे भने ‘म कलाकार’ भन्दै सानले हिड्न पाइन्छ । नत्र फेरि फेरि ‘माग्नेराजा’ बनाउनेहरु दिउसै टर्च बालेर खोज्नु पर्ला है !








प्रतिक्रिया