काठमाडौं
बलिउड अभिनेता शाहरुख खानले पहिलो पल्ट राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । एटलीको २०२३ को ब्लकबस्टर चलचित्र जवानकोे अभिनयबाट उनलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएको हो ।
पुरस्कार ग्रहणपछि अभिनेता खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय, निर्देशक एटली, आफ्नो परिवार र आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्‘राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भनेको जीवनभर कदर गर्ने क्षण हो। यो पुरस्कारले अभिनय केवल काम मात्र होइन ( यो एक जिम्मेवारी हो भन्ने कुराको सम्झना गराउँछ। पर्दामा सत्य देखाउने जिम्मेवारी ।’
उनले भन्यवाद लिदै भनेका छन्,‘धन्यवाद राजु सर, धन्यवाद सईद, र विशेष गरी एटली सर र उनको टोलीलाई मलाई विश्वास गर्नुभएकोमा ।’
खानले आफ्नो टोली र परिवारलाई आफ्नो सफलताको पछाडिको स्तम्भ भनेका छन् ।
आफ्ना प्रशंसकहरूलाई सम्बोधन गर्दै अभिनेता खानले सबैको जयजयकार र आँसुको लागि धन्यवाद दिएका छन् ।
शाहरुखको चलचित्र पठान, जवान र डङ्कीले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।
शाहरुखले राष्ट्रिय पुरस्कार उचालेको तस्विर सार्वजनिक भएपछि विश्वभरका प्रशंसकहरू खुशी भएका छन् । यो पुरस्कारले खानको युग समाप्त नभएको संकेत गरेको छ । ्








प्रतिक्रिया