काठमाडौं
चलचित्रको प्रचारको पहिलो रणनीति हुन्छ , पोस्टर सार्वजनिक गर्नु । पोस्टरले चलचित्रको पुरै झल्को दिनुपर्छ । धेरै दर्शक यही पोस्टर हेरेर चलचित्र हेर्न हलसम्म पुग्छन् ।
तर नेपाली चलचित्रको पोस्टर पनि अनौठा बन्छन् । पोस्टरले चलचित्रप्रति रुचि नै जगाउदैन । न त कथावस्तुबारे खुलासा गर्छ । मात्रै कलाकारको प्रोमोसन गरेको हुन्छ ।
चलचित्र हरिबहादुरको जुत्ताको यस्तै पोस्टर सार्वजनिक भएको छ । पोस्टर हेर्दा लाग्छ टेलिचलचित्र ‘हरिबहादुर’ मार्फत हास्यकलाकार हरिवंश आचार्यको प्रचार भइरहेछ ।
पोस्टरमा हरिवंशले बाकस बोकेका छन् । ठिङ उभिइका उनी ढोकाबाट अघि बढ्दैछन् ।
थकित हरिवंशले न चलचित्रको कथा बोल्छ न त रुचि नै जगाउछ । लाग्छ, चलचित्रको पोस्टरले हरिवंशको स्टारडम बिक्रि गरिरहेको छ ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी जस्ता नाम जोडिए पनि पोस्टरले उनीहरूलाई दृश्यमै छैनजस्तो बनाइएको छ । पोस्टरमा ‘हरिवहादुर’ पात्रमार्फत ‘स्टार पावर’भन्दा पनि ‘नास्टाल्जिया पावर’ बेच्ने तयारी देखिन्छ ।
दशैंको फुलपातीमा प्रर्दशनको तयारीमा रहेको चलचित्रको यो कमजोर पोस्टरले दशैंको हुलमुलमा पारेर व्यापार गर्ने रणनीति देखिन्छ । यसरी चल्छ त चलचित्र ? उभो लाग्ला त चलचित्र उद्योग?‘ भन्ने जस्ता अनेकौं प्रश्न जन्मिएको छ ।








प्रतिक्रिया