ललितखबर
अन्ततः चलचित्र माग्नेराजाका अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ले निर्देशक ऋषि लामिछानेको सार्वजनिक कार्यक्रममा प्रशंसा गरेका छन् ।
राजधानीको पशुपतिमा जारी संकटमोचन महायज्ञमा सहभागी अभिनेता घिमिरेले बोल्ने क्रममा आफूलाई चलचित्र ‘माग्नेराजा’को हिरो बनाएको आफू कृतज्ञ रहेको भन्दै निर्देशक निर्देशक ऋषि लामिछानेको तारिफ गरेका थिए । ‘हामीले टेलि चलचित्रमा हेरेका सरिता लामिछाने हुनुहुन्छ नि । ऋषि जी उहाँकै श्रीमान् हुनुहुन्छ ।’ अभिनेता घिमिरेले परिचय गराउदै भने ।
चलचित्र बृत्तमा अभिनेता घिमिरेको ६१ लाख पारिश्रमिक विवादपछि आलोचना भएको थियो । निर्देशक लामिछाने करिव आठ वर्षपछि चलचित्र क्षेत्रमा पुनःप्रवेश गरेका छन् । उनले थुप्रै सफल टेलिचलचित्र निर्देशन गरिसकेका छन् ।
आगामी भदौं ६ गतेबाट प्रर्दशनको तयारीमा रहको चलचित्र माग्नेराजाको प्रचारको क्रममा चलचित्रका कलाकार केदार घिमिरे माग्नेबुढासँगै अभिनेत्री बर्षा सिवाकोटीलगायत महायज्ञमा सहभागी भएका थिए । महायज्ञमा कलाकारहरुलाई दुबोमाला मायाको चिनो र सम्मानपत्रले सम्मान गरिएको थियो । कलाकारहरु कार्यक्रममा नाचगान गरेर दर्शकसँगै रमाएका थिए ।
२०७४ सालमा उनको चलचित्र ‘किस्मत २’ प्रर्दशनमा आएको थियो । उनका ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’लगायत चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।








प्रतिक्रिया