२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुशील र अञ्जनाको चलचित्र ५६ दिनसम्म छायांकन, अझैं दुई गीत बाँकी



 

पछिल्लो पुस्ताका रुचाइएको अभिनेता सुशील श्रेष्ठ र अञ्जना बराईलीको चलचित्र ५६ दिनमा छायाँकन पुरा भएको छ । निर्माण पक्षका अनुसार चलचित्रका दुई गीत अझैं छायांकन गर्न बाँकी छ ।
निर्माता दीपक सिवाकोटीका एक राष्ट्रिय गीत र अर्को लोकगीतको छायाङ्कन गर्न बाँकी छ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन झापा र विराटनगरमा गरिएको हो।

विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहेको छ।

 

यसअघि अभिनेता सुशील श्रेष्ठको एक्सन फोटो बाहिरिएको थियो। एक्सन हिरोको रूपमा परिचय बनाएका श्रेष्ठको चलचित्रलाई उनका प्रशंसकहरुले विशेष प्रतीक्षा गरिरहेका छन् ।

 

‘दिब्यासी फिल्म्स प्रा।लि।’ को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने बताइएको छ।

 

निर्माता सिवाकोटीले नै चलचित्रको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। प्रोडक्सन हेडको भूमिकामा अरुण रेग्मी छन् भने छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, प्रोडक्सन सहायक साजन बस्ताकोटी, मुख्य सहायक निर्देशन नवराज शर्माको, सहायक निर्देशन विश्व जंग शाही र निशान सुब्बाको र पोस्टर तथा प्रचार सामग्रीको डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्।

 

वि .सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। अब झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथासँगै अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो।

 

निर्माण पक्षले चलचित्र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ। अब बाँकी रहेका गीतहरूको छायाङ्कन सकेपछि पोस्ट–प्रोडक्सन कार्य थालिने निर्माता सिवाकोटीले जनाए।

 

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।