२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चल्दैनन् अभिनेता दयाहाङको चलचित्र, तैपनि निर्माता निर्देशक गर्छन् मरिहत्ते, किन ?



ललितखबर

गतबर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेको चलचित्र ‘अञ्जिला’ र ‘घरज्वाई’ बक्सअफिस रिर्पोट अनुसार मुस्किलले उत्कृष्ट ७ मा प¥यो ।

चलचित्र विकास बोर्डले वितरण गरेको पुरस्कारमा समेत दयाहाङ राईले अभिनय गरेको चलचित्र देखिदैन ।

पूर्ण बहादुरको सारंगी, १२ गाँउ,छक्का पञ्जा ५, बोक्सीको घर बक्सअफिसमा सफल हुँदा पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेता राईले १० चलचित्रमा अभिनय गरे । उनका सबै चलचित्र औसतभन्दा तल देखियो ।

गएको बर्ष सबैभन्दा व्यस्त अभिनेता रहेका राई यो बर्ष पनि उस्तै छ । उनको चलचित्र ‘रिमै’ भदौं २० प्रर्दशनको तयारीमा छ भने ‘जारी २’ असोज ३ गते प्रर्दशन हुनेछ ।
चलचित्र ‘मिरमिरे’को छायाकनमा व्यस्त दयाहाङलाई रिमै र जारी २को प्रचार पनि गरिदिनु पर्ने छ ।
रामबाबु गुरुङको निर्देशनमा बन्ने कबर्डी ५ असोज १७ गतेबाट छायांकनमा जाँदैछ । त्यसको तयारी पनि गर्नुछ ।

दयाहाङले चलचित्र ‘डबल ट्रिपल’, ‘मितज्यू’ र ‘पेन्सन पट्टा’मा अभिनय गर्ने पक्का भइसकेको छ । तर उनको व्यस्तताले यी सबै काम गर्न भ्याउलान् । भ्याए पनि हत्तारमा कस्तो चलचित्र बन्ला ?

मोटो रकम लिएर चलचित्र खेल्ने अभिनेता दयाहाङ चलचित्रको प्रचारमा खासै ध्यान नदिने निर्माताहरु गुनासो गर्छन् । चलचित्रको छायांकनमा पनि उनको समय अनुसार चल्न निर्माता निर्देशकलाई सकस छ । उता दयाहाङको चलचित्र नचल्दा निर्माता घाटामा गएको हिसाव कितावै छैन ।
सधै उस्तै भूमिका र अभिनयशैली पछ्याउने दयाहाङको समिक्षकहरुको आलोचना पनि सुधार भएको देखिदैन । बक्सअफिसमा उनको स्टारडक बिक्रि भएको आँकडा पनि देखिन्न । तर पनि निर्माता निर्देशक दयाहाङलाई नै चलचित्र खेलाउन मरिहत्ते गरिरहेका छन् । बुझ्न गाह्रो छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।