चलचित्र ‘सन अफ सरदार २’ को बक्स अफिस कलेक्शन धिमा गतीमा अघि बढिरहेको छ ।
छैटौं दिनमा अजय देवगन र मृणाल ठाकुरको सन अफ सरदार २ ले बक्स अफिसमा संघर्ष गरिरहेको छ । बक्स अफिसमा धडक २ लाई पछि पार्न सफल भए पनि सन अफ सरदार २ अझै पनि त्यसलाई कायम राख्न पर्याप्त छैन । क्बअलष्पि को पछिल्लो अपडेट अनुसार, फिल्मले अब भारतमा ३० करोड भारतीय रुपैयाँको आँकडा पार गरेको छ ।
चलचित्र पहिलो पाँच दिनमा राम्रो प्रदर्शन गरेर २९.८५ करोड रुपैयाँ व्यापार गरेको थियो ।
बुधबार हलहरूमा अकुपेन्सी कम देखिएको थियो ।
विजय कुमार अरोराद्वारा निर्देशित चलचित्र सन अफ सरदार २ मा अजय देवगनले जस्सी सिंह रन्धावाको भूमिका पुनः निर्वाह गरेका छन् भने मृणाल ठाकुर अभिनेत्रीको रुपमा रहेकी छिन् । चलचित्रमा स्कटल्याण्डको यात्रा र आफ्नी अलग्गिएकी श्रीमतीसँग मेलमिलाप गर्न पुग्ने क्रममा देखिएको लफडालाई चलचित्रमा समेटिएको छ ।
चलचित्रले करिव १ सय ५० व्यापार गर्ने प्रक्षेपण गरिएको भए पनि चलचित्रको गति राम्रो छैन । चलचित्रले उल्येदनीय व्यापार नगरे हलबाटै उत्रने खतरा छ ।








प्रतिक्रिया