कुनै समयका समकक्षी अभिनेत्री रहेका नीता ढुङ्गाना र विपना थापा फेरि एउटै चलचित्रमा काम गर्ने भएका छन् ।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा विपना थापा अभिनेत्रीको भूमिकामा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो।
यसअघि नीता र विपनाले चलचित्र ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो। विपनाले चलचित्र ‘सुख दुख’मा आफु पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताईन्।
उनले चलचित्रको कथाले नै आफुलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्न पाउदा असाध्यै उत्साहित भएको बताईन्।
नीताले पनि आफ्नो चलचित्रमा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताईन्।
उनका अनुसार यो चलचित्रमा विपनाको महत्वपुर्ण भुमिका रहेको छ। नीताले यसअघि यो चलचित्रका लागि कलाकारका रुपमा मिथिला शर्मा,मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन्।
आगामी फागुनबाट छायांकनमा जाने यो चलचित्रलाई चर्चित भारतिय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन्।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ। यो चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।








प्रतिक्रिया