काठमाडौं
आफ्नै निर्देशनमा अभिनेत्री निता ढुंगानाले निर्माणको तयारीमा रहेको चलचित्र पार्वतीमा उनको अनौठो भावभंगी झल्कने पोस्टर सार्वजनिक गरिएको छ ।
रक्षा बन्धनको अवसर पारेर सार्वजनिक दुई पोस्टरमा उनको मुस्कान र गम्भिर अवस्था झल्केको छ । पोस्टरमा मुस्कान र लजालुपन,नैराश्यता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोण प्रष्ट देखिएको छ ।
पोस्टरबाट अभिनेत्री निताले फरक चरित्रमा आफूलाई चलचित्रमार्फत ल्याउने तयारी गरिरहेको प्रष्ट हुन्छ ।
निर्माणको तयारीमा रहेको यस चलचित्रको कथा निता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। च्लचित्रको भारतीय सिनेमेट्रोग्राफर छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्।
उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ भने उपत्यका बाहिर एफडी कम्पनी रहेको छ।
चलचित्रको प्रदर्शन माघ १ गतेबाट सुरु हुने घोषणा गरिउको छ ।








प्रतिक्रिया