५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विष्णु माझीको ‘म त नराउरी’ तीज गीत सार्वजनिक, महिलामाथि विभेदको कथा(भिडियो)



काठमाडौं । गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। विष्णु माझीको स्वरमा तयार गीतमा शब्द र संगीत सुन्दरमणि अधिकारीले दिएका छन्।

गीतमा महिलामाथि घरभित्रै हुने विभेदको कथा प्रस्तुत गरिएको छ। विशेषगरी छोरीलाई दोस्रो दर्जामा राख्ने प्रवृत्तिको गम्भीर विषय उठान गर्दै यसले नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको छ।

महिलालाई घरमै सीमित गर्ने सोच र त्यसबाट पहिला पीडित हुने अवस्थाबारे गीतमा अभिव्यक्ति दिइएको छ। माइतीघरबाटै सुरु हुने छोरीमाथिको विभेदलाई गीतले स्पष्ट देखाएको छ।

भिडियोमा ललिता पौडेलको अभिनय रहेको छ भने छायांकन सम्भु चालिसेले गरेका छन्। मौसम हिमालीको कोरियोग्राफीमा बनेको भिडियोको निर्देशन गीतकार तथा संगीतकार सुन्दरमणि अधिकारीले गरेका हुन्, जो विष्णु माझीका पति पनि हुन्।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।