२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘‘मिस पवी’ आफैले अभिनय गरेको चलचित्र ‘माग्नेराजा’ नहेर्ने’



 

टिकटकर तथा कलाकार पवित्रा साकी ‘मिस पवी’ आफैले अभिनय गरेको चलचित्र ‘माग्ने राजा’ नहेर्ने बताएकी छिन् ।
आफूलाई चलचित्रका टिमले बदनाम गरेको भन्दै उनले चित्त दुखाएकी छिन् । एक टेलिभिजन कार्यक्रममा अन्र्तवार्ताको क्रममा अभिनयका क्रममा ५ सय टेक लिएपछि अभिनय गर्न नसकेको भन्दै निकालिएको खुलासा गरिदिएको उनको बुझाई छ । उनले भनेकी छिन्, ‘दुई तीन घण्टामा ५ सय टेक लिन सकिदैन होला ।’

आफूले ५ सय टेक लिएको थाहा नभएको उनको भनाई छ ।
चलचित्रको टिमबाट बाहिर नल्याएसम्म बाहिर कुरा नजाने भन्दै उनले चलचित्र टिमले नै यो कुरा बाहिर ल्याएको उनले आरोप लगाइन् ।

सञ्चारमाध्यमहरुमा नराम्रो समाचार सार्वजनिक भएको विषयमा चलचित्रका निर्माण पक्षसँग झगडा परेको र कानूनी उपचारमा जाने विषयमा कुराकानी गरेको समेत उनले बताएकी छिन् । यो विषयमा निरन्तर चर्चा भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

आफ्नो विषयमा विवाद श्रृजना गरेर चलचित्र माग्नेराजाको प्रोमोसन गर्दा करिअरमा असर परिरहेको उनको तर्क छ ।

तर ‘माग्नेराजा’को चलचित्र निर्माण पक्षले मिस पवि चलचित्र ननिकालेको दाबी गर्दै आएको छ ।
पछिल्लो समय टेलिभिजन शो कमेडी दरवारमा प्रस्तुती दिइरहेकी कलाकार आफूलाई हास्यकलाकार होइन भन्छिन् । आफूले प्रस्तुती दिइरहेको तर्क गर्दै अब चलचित्र क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले चलचित्र मोहरमा समेत छोटो भूमिकामा अभिनय गरिसकेकी थिइन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।