काठमाडौं । नेपालमा ५१ दिनसम्म प्रदर्शन भएको फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ। सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।
भारतमा फिल्मको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन्।
फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी लगायत कलाकारहरूले अभिनय गरेका छन्। क्याम्पस जीवन, प्रेम, मित्रता र संघर्षलाई केन्द्रमा राखेर तयार गरिएको यो चलचित्रले युवापुस्तामाझ विशेष चर्चा पाएको छ।
फिल्मका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह–निर्माता शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शंकर कोइराला, र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री हुन्।
‘होस्टेल ३’ नेपालमा गत फागुनमा रिलिज भएको थियो।








प्रतिक्रिया