१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल फर्किइन् निरुता सिंह, अव निरन्तर नेपाली चलचित्रमा काम गर्ने



 

अन्ततः अभिनेत्री निरुता सिंह नेपाल फर्किएकी छिन् । मुम्बइबाट आइतबार राती नेपाल आएकी हुन् ।
अभिनेत्री निरुताले अब आफू कही पनि नजाने र निरन्तर नेपाली चलचित्रमा काम गर्ने बताएकी छिन् ।
निरुताले भनिन्,‘चलचित्रबाट अफर आएपनि विभिन्न कुराहरु नमिलेर काम गर्न पाएको थिइनँ ।’
नायिका सिंहले चलचित्र ‘दाल भात तरकारी’पछि नयाँ चलचित्रमा काम गरेकी छैनन् । उनी छायांकनको तयारीमा रहेकोे चलचित्र ‘३६ को आँकडा’मा काम गर्न लगेकी छिन् ।
यो चलचित्रमा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए ।
यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा र निरुता सिंहले चलचित्र ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।