२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बल्छी धुर्बेले ‘गोबर गणेश’को निर्देशन गर्दै, आज शुभमुहूर्त सम्पन्न



 

टेलिचलचित्रमा ‘बल्छी धुर्बे’को नामले चिनिले मरिचमान श्रेष्ठले चलचित्र ‘गोबर गणेश’को निर्देशन गर्ने भएका छन् । राजधानीको म्हपी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको छ ।

निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को उपस्थितीमा क्यामेरा पूजा गर्दै केदार घिमिरे ’माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्लयाप हानेर चलचित्रको शुभमुहूर्त गरिएको हो ।

चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ ।

करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

“हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ,” निर्देशक श्रेष्ठले भने ।

मरिचमान श्रेष्ठले निर्देशन गर्ने ‘गोबर गणेश’ माघ १ गतेबाट प्रर्दशनको तयारी रहेको छ । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो ।
टेलिचलचित्र ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् ।
यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।

 

 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।