१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हलिउडमा रमाउदैछन् अभिनेता प्रदीप खड्का



 

पछिल्लो समय अभिनेता प्रदिप खड्का अमेरिकामा छन् ।
उनी सोसल मिडियामा अमेरिकामा रमाउदै गरेको पोष्टहरुबाट देख्न सकिन्छ ।
उनी हलिउड पुगेर तस्विर खिचाएका छन् । उनी त्यहाँ मिस नेपाल उत्तरी अमेरिका २०२५ मा निर्णायक भए ।

उनले मेरील्याण्डको गेथेस्बर्गमा नेपालीहरुसँग साक्षात्कार गरेका छन् ।
‘मिट एण्ड ग्रीट विथ प्रदीप खड्का’ नाम दिइएको सो कार्यक्रममा झण्डै एक सय नेपालीहरुबीच उनले उभिएर फिल्मी क्यारिअर र व्यक्तिगत जीवनका विभिन्न पाटो केलाए ।

उनीसँग भीडसँग रमाउदै फोटो खिच्न रं टिकटक बनाउन व्यस्त देखिन्थे ।

कार्यक्रमपछि उनले भने,‘यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलीएको र आफुले पाएको सम्मान र साथले झन आफुलाई भावुक बनाएको छ । कलाकार प्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभुती भएको छ ।’

चलचित्र पिताम्बरको प्रर्दशनपछि अभिनेता प्रदिप हलिउडको गुणस्तरमा निर्माण भएको चलचित्र एक्लो प्रर्दशनको प्रतिक्षामा छन् । सोही चलचित्रको प्रबद्र्धनका क्रममा उनी केही समयअघि विश्व प्रसिद्ध चलचित्र इभेन्ट कान्समा समेत सहभागी भएका थिए ।

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।