१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रशारणमा ल्याउदै प्रस्तोता टीकाराम यात्री



 

टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रशारणमा आउने भएको छ । नेपाली सञ्चार जगतका दमदार हस्ती टीकाराम यात्रीले टेलिभिजन शो सञ्चालन गर्दैछन् ।
मूनलाइट मोसन पिक्चर्सले प्रस्तुतीमा गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने टेलिभिजन कार्यक्रम ‘कठघरा’ तिहार लगत्तै प्रसारण हुने भएको हो ।

कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग रहनेछन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान र ख्याति कमाएका व्यक्तित्वलाई ‘कठघरा’मा उभ्याउनेछ ।

पत्रकार, टेलिभिजन प्रस्तोता तथा लेखकका रूपमा परिचित यात्री समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आधारित कार्यक्रम सञ्चालनका लागि प्रसिद्ध छन् । सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका सवालमा धारिलो विचार प्रस्तुत गर्दै आएका उनले यसअघि पनि लोकप्रिय टक शोहरू सञ्चालन गरिसकेका छन् । विश्लेषणात्मक प्रस्तुतिका कारण उनलाई नेपाली पत्रकारितामा एक बौद्धिक अनुहारका रूपमा लिइन्छ।
कार्यक्रमका निर्माता सन्तोष भण्डारी रहेका छन्। उनले यो कार्यक्रमलाई दर्शकसम्म शक्तिशाली प्रस्तुतिका साथ पु¥याउने विश्वास व्यक्त गरेका छन्।
‘कठघरा’ एपि वन टेलिभिजनमार्फत प्रसारण हुनेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।