५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ शुक्रबारदेखि प्रदर्शन, प्रि–बुकिङ खुला



काठमाडौं। समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। हलहरूले प्रि–बुकिङ खोलेका छन् र क्यूएफएक्स मल्टिप्लेक्सले काठमाडौंमा मात्र पहिलो दिन १४ शो छुट्ट्याएको छ।

यस फिल्ममा नाजिर हुसेन मुख्य भूमिकामा छन्। उनी पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निभाएका छन्।

नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा आधारित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।

चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन हलिउड शैलीमा बाहिर गरिएको छ। एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिकको काम हलिउडका विशेषज्ञहरूले गरेका छन्। हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले गरेका छन्।

नेपाल र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको यस चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। कार्यकारी निर्माता जेफ्री जे. वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन्। चलचित्रका गीत लेखु सहयात्रीले रचना गरेका छन्।

यस चलचित्रले अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा पनि छनोट पाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।