२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गुन्यू चोलो : फूलजस्तो अभिनय, तर प्रस्तुतीमा काँडा



ललितखबर/ललितपुर
‘संसारमा महिला र पुरुष बाहेक कुनै जात छैन’  हाम्रो समाजमा जातीय विभेद नमान्ने आर्दशवान्हरुले बोल्ने शव्द हो यो ।
धेरैलाई यो कुरा सही लाग्छ । तर यो कुरा गलत हो । संसारमा महिला पुरुष अनि तेश्रो लिंगी अथात् यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक (अल्पसङ्ख्यकस् एल, जी, बी, टी, आई, क्यू) भन्दा अरु कुनै जात छैन ।
एउटा मानिसको शरिर पुरुषको तर मन र मगज महिलाको भए के होला ? मान्छे पुरुष तर उसलाई गाजल लगाउन मन छ । साडी लगाउन मन छ । उसको हाउभाउ पनि महिलाकै जस्तो ।
पक्कै पनि समाजले हिजडा र छक्काजस्ता अपमानित शव्दले प्रहार गर्छ । पानी पधेरामा कुरा काटिन्छ । एउटा बहिस्कारको जीवन विताउनु बाहेक अरु उपाय हुन्न । नेपाल समाजमा तेश्रो लिंगीले स्वतन्त्र जीवन कस्तो होला ? धेरैले याद नगरेको प्रसङ्ग हो । यस्तै परिस्थितीजन्य बाध्यतालाई कथा बुनेर निर्माण भएको चलचित्र गुन्यू चोलो ः अ ड्रेस पछिल्लो समय नेपाल चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ । हामी यही चलचित्रको चिरफार गर्दैछौं ।
कथासार
लाहुरे बहादुरसिंह थापाको परिवारमा वालक वालक देवप्रसादको जन्म हुन्छ । हुर्कदै जाँदा ऊ नाच्न गाउन रुचाउछ । उसलाई महिला बनेर हिड्ने रहर छ । उसको शरिर (हार्डवयर) पुरुष हो तर आत्मा(सफ्टवयेर) जन्मदै महिलाको जडान गरिएको छ । तर वावु बहादुरसिंह थापा भने छोरालाई लाहुरे बनाउन चाहन्छ ।
देवप्रसाद जीवनको यस्तो मोडमा आँउछ ऊ आफ्नो सपना साकार पार्न शहर पस्छ । एउटा पुरुष पात्र देवप्रसाद गुलावी बन्न गरेको संर्घष नै चलचित्रको मुल सार हो ।
तेश्रो लिंगी अथात् यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यकको यौन व्यापारको बारेमा चलचित्रले बोलेको छैन । त्यो पेशा उनीहरुको बाध्यता हो भन्ने प्रसंग चलचित्रले भन्न खोजेको छ । उनीहरुको बाध्यतासँगै आम नेपाली समाजमा परेको प्रभावबारे कही कतै
कमजोरी 
चलचित्रको मुल सन्देशमा अलमल देखिन्छ । यो चलचित्र किन बनाइयो ? भन्ने लागिरहन्छ । चलचित्रमा तेश्रो लिंगीको जीवनीलाई चलचित्रमा उतारेजस्तो । कथाको प्रकृति हेर्दा डकुमेन्ट्रीभन्दा फरक पर्दैन । युट्युव र सामाजिक सञ्जालमा यस्ताखाले समस्या वर्णन गरेका धेरै सामाग्री देखिएकै हो । पैसा तिरेर अनि आधा दिन खर्चेर हेर्ने चलचित्रको सामाग्री अलि गतिलो हुनु पर्ने हो । चलचित्रमा कलाकारहरुको प्रस्तुतीबाहेक कथाकार र निर्देशकको खुबीको भरपुर प्रयोग नगरेको कारणले हुनसक्छ साखै नयाँपनको महसुस हुन्न ।
नाजिर हुसेनको अभिनय शिल्पबाहेक चर्चालायक केही नहुनु चलचित्रको कमजोरी हो । कथा भन्ने शैली र दृष्टिकोण पनि मिठो छैन ।
समुन्द्र र नाजिर सँगै भि–भन्से जानुबोनको ले लेखेको कथा सलल बगेको भेटिन्न । तर स्क्रिनप्ले भने राम्रो छ ।
कथा र विषय प्रस्तुतीका कारण चलचित्र हेरेर फर्केदै गर्दा ‘मैले यो चलचित्र किन र केका लागि हेरे ?‘ भन्ने प्रश्न उठ्छ । कतिपय ठाँउमा ‘आइएनजिओले प्रायोजन गरेको विषय दर्शकलाई पस्केको त हैन?’ भन्ने लाग्छ । भलै त्यो सत्य नहुन पनि सक्छ ।
चलचित्रमा गुन्यू चोलोको अर्थ देखिन्न । प्रसंग पनि छैन । देवप्रसादको गुलावी बन्ने चाहना र संर्घष हेर्दा चलचित्रको नाम गुलावी राम्रो हुन्थ्यो । निर्माण पक्षले नाम किन फेरेको होला भन्ने लागिरहन्छ ।
हाम्रै वरपर रहेको तेश्रो लिगीहरुको आधुनिक नेपाली समाजलाई मानवता सिकाउन यो चलचित्र सहायकसिद्ध होला । तर पूर्ण मनोरञ्जनको अपेक्षा लिएर हलसम्म पुग्ने दर्शक पुरै सन्तुष्ट हुँदैनन् । निर्देशकले चलचित्र एउटा वर्ग र समुदायका लागि मात्रै होइन, आम दर्शकलाई शिरमा राखेर काम गरेको भए हुन्थ्यो भन्ने जो कोहीलाई लाग्छ ।
सुन्दर पक्ष
चलचित्रको विषयबस्तु सुन्दर छ । हाम्रै समाजभित्रको एउटा पिडित वर्गको कथालाई चलचित्रमा उतारिएको छ ।
चलचित्रमा अर्को सुन्दर कुरा यसका पात्र देवप्रसाद (जो पछि गएर गुलावी बनेका छन्)को रुपमा अभिनय गरेका कलाकार नाजिर हुसेनको अभिनय हो । उनको बेजोड अभिनयले चलचित्रलाई उत्कृष्ट दर्जामा पु¥याउन मद्दत गरेको छ ।
अभिनेता नाजिर तेश्रो लिंगी पुरुष भएर जन्मेपछि महिलाको मन र मगज लिएर बाँच्न कति कष्ट हुन्छ भन्ने देखाएका छन् । चलचित्रमा उनको मनोभावलाई प्रष्ट देखाइएको छ । गुलाबी बनेपछि नाजिरको महिला हाउभाउ र स्वरुप दुरुस्त दे्खाएका छन् ।
चलचित्रमा पार्शसंगीत र दृश्यभाषाले पनि केही पृथक महसुस गराउछ ।

चलचित्र हेरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिदै अभिनेता नाजिर हुसेन । लेन्स : ललितखबर

पर्दामा नाजिरले त्यो पात्रले बाँचेको जीवनचक्र प्रष्ट देखाएका छन् । युवा अवस्थामा दुव्लो देवप्रसाद, गुलावी बनेपछि सुन्दरी नृतंगना र पछिल्लो गुलावीको मोटो शरिरले समयसँगै चरित्रमा आउने परिवर्तन देखाएको छ । नाजिरले चलचित्रमा स साना कुराहरुलाई प्रष्टसँग अभिनयमार्फत देखाएका छन् । गुलावी बन्नु अघिको निराश देवप्रसाद, केटाहरुसँग अंगालोमा बाँधिदा उसमा देखिएको इमोसन नाकबाट स्वास फेर्दा देखाइएको छ । नेपाली समाजका यस्ता गम्भिर समस्यालाई चलचित्रमार्फत आमदर्शकसम्म ल्याउन निर्देशक भट्ट प्रयास सह्रनीय छ ।
कला र निर्देशन
कस्तो दर्शक समूहका लागि चलचित्र बनाइदैछ  भन्ने निर्देशक समुन्द्र भट्टले बिर्सेकी छिन् । चलचित्रले यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यकलाई राम्रोसँग छुन्छ होला बाँकी दर्शकलाई मज्जा आउने विषयबस्तु र कथा भेटिदैन । कथा भन्ने शैली साँधुरो छ । दृष्यभाषा पनि परम्परागत भएर होला मिठो लाग्दैन । चलचित्रले कलात्मक शैली नपछ्याकाले हुनसक्छ मिठास भेटिन्न ।
अभिनय
गुन्यू चोलोलाई चलचित्रका कलाकारको अभिनय शिल्पले राम्रो बनाउन सघाएका छन् ।
चलचित्रलाई अभिनेता नाजिर हुसेनले जुरुक्क बोकेर दौडिएका छन् । चलचित्रमा उनको भूमिका सशक्त र प्रभावकारी छ । उनको अभिनय मिठो लाग्छ । नाजिरले महिला बनेर ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा महिलाले जस्तै दुरुस्त नाचेका छन् । उनको हाउभाउ उत्कृष्ट त छँदैछ स्वर र अनुहार पनि विछट्टै राम्रो देखिएको छ ।
चलचित्रमा अभिनेत्री संचिता लुइटेल(सावित्री) आमा चरित्रमा छिन् । उनले संवाद प्रष्ट बोलेकी छैनन् । विशाल पहारी (कुल बहादुर)को कडा स्वभावका वावुको चरित्रमा खरो उत्रेका छन् । सुशील सिटौलाको औसत अभिनयसँगै र अनुपमा श्रेष्ठको तेश्रो लिंगी लवज सुन्दर छ ।
प्रविधि
चलचित्रका धेरै प्राविधिक कामहरु अमेरिकामा गरिएकोले हुनसक्छ प्राविधिक दृष्किोणबाट चलचित्र राम्रो बनेको छ । ठाँउ ठाँउमा चलचित्र हलिउड शैलीको अनुभव समेत गर्न पाइन्छ । मास एफएक्स मिडिया युएसएमा गरिएको रंग संयोजन राम्रो छ । आलोक शुक्लाले क्यामेरा भ्यूफाण्डरबाट हेरेर खिचेको दृश्य राम्रो छ । तर भनेजस्तो क्यामेरा क्वालिटी चाही भएको पाइदैन । समुन्द्र भट्टको कास्टिङ कथा अनुसार उत्कृष्ट छ । अमेरिकी सम्पादक मिचेल हेरिङको दृश्य सम्पादन राम्रो छ । गुन्यु चोलोमा मिक्सिङ, साउन्ड डिजाइन पनि राम्रो छ ।
अन्तमा,
हिन्दु समुदायले अर्धनारेश्वरको पुजा गर्छन् । भगवाने शिवको शरिरमा शिव र पार्वतीको स्वरुप भएको तस्विरमा सबैले पुजा आरधना गरेकै छन् । तर मानिसभित्रको त्यो फरक लिङ्गलाई समाजले स्वीकारेको पाइन्न । कुकुर विरालोजस्ता पशुहरु मान्छेको घरभित्र छ । तर फरक मान्छे भएकै कारण तेश्रो लिंगी सडकमा छ । जो समाजको खिसिट्युरीको पात्रलाई बनाइरहेको पात्रलाई कला क्षेत्रको मुलधार रहेको चलचित्रमा स्थान दिनु सुखद पक्ष हो ।
नेपाली चलचित्र क्षेत्रमा बेजोड कला प्रस्तुत गर्ने कलाकारहरु छन् । तर कथा पटकथालाई सही दृष्टिकोण दिन सक्ने खुबी भएका कथाकारहरुको अभाव छ । यहाँका राम्रा कलाकारहरुलाई दौडाउने क्षमताका निर्देशकहरुको बेला बेलामा कमी पक्कै महसुस हुन्छ । राम्रा कलाकारहरुलाई उचाईमा पु¥याउन उत्कृष्ट कथा, पटकथा र कथावाचन शैलीलाई पछ्याउन मेहनत जरुरी छ ।
चलचित्र गुन्यूचोलो उत्कृष्ट कलाको नमूना हो । तर कथा र पटकथा र प्रस्तुतीकरणमा कमजोरी खड्किएको छ । यसमा सुधार हुँदै गएको अवस्थामा नेपाली चलचित्र अब्बल प्रमाणित हुनेछन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।