१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘प्रेम गीता’को टिजरमा प्रेम, घृणा, विछोड र द्वन्द्व



 

चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक भएको छ ।
टिजरमा चलचित्रका मुख्य कलाकार जाहान्वी बस्नेत,साजिद खान,सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ ।
टिजरले अभिनेत्री जाहान्वी बस्नेत र साजिद खानबीच प्रेम, घृणा, विछोड र द्वन्द्वको कथा भनेको छ ।
सुन्दर पहाडबाट सुरु हुने टिजरमार्फत बुझ्न सकिन्छ चलचित्रको गाँउ जीवनबारे रहेको छ ।

ग्रीन प्यारोटस् चलचित्र प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ।

साजिद खान प्रस्तुतकर्ता रहेको चलचित्रमा अयाज अलि खान निर्माता छन्। विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । निर्देशक बस्नेतले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्रका टिजर १ मिनेट ११ सेकेण्डको रहेको छ । चलचित्र माघ २३ गते बाट देशभर प्रदर्शनमा आउँदैछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।