२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दयाहाङ चलचित्र ‘रिमै’को प्रिमियरबाट सुटुक्क हिडेपछि आलोचना



ललितखबर
बुधबार नयाँसडकको एक चलचित्र भवनमा चलचित्र रिमैको भव्य प्रिमियर आयोजना गरियो । हल सुन्दर बनाएर सझाइएको थियो । कार्यक्रम स्थलमा झाँकी, गीत सँगीतसँगै नृत्य प्रस्तुत गरियो । दुई बजेका लागि बोलाइएको निम्तालुहरु चार बजेसम्म पर्खिए । बल्ल चलचित्र सुरु भो । करिव ७ बजेमात्रै चलचित्र समियो । अनि सञ्चारमाध्यमहरुबीच उभिएर चलचित्र प्रचार गर्नु पर्ने अभिनेता दयाहाङ राई पछाडिको ढोकाबाट ढिला भयो भन्दै सुटुक्क हिडे ।
चलचित्र रिमैको प्रचारमा खटिनु पर्ने मुख्य अभिनेताले पैसाको विवाद भएपछि प्रचारमा संलग्न भएनन । विवाद मिलेर चलचित्र प्रर्दशन सुरु भए पनि दयाहाड सुटुक्क हिडेपछि शंका गर्दै भित्रभित्रै आलोचना सुनिएको छ ।
अभिनेता दयाहाङले चलचित्रबारे सञ्चारमाध्यमहरुसँग नबोली हिडेपछि निर्माता विरबल घलेलाई पत्रकारहरुले सोधे, मुख्य अभिनेता चलचित्रको प्रिमियरमा सहभागी नभई यसरी भाग्न मिल्छ ?’
निर्माता घलेले चलचित्र प्रिमियर ढिलो सकिएकाले अर्को चलचित्र सुटिङका लागि फर्केको बताए । भने, ‘हामीबीचको विवाद मिलिसकेको छ । काम भएकै कारण उहाँ जानु भएको हो ।’

चलचित्र रिमै शुक्रबार भदौं २९ गते शुक्रबारबाट देशभर प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।