२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आजबाट चलचित्रहरु रिमै र चिठ्ठी प्रर्दशन सुरु



ललितखबर
आज शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा रिमै र चिठ्ठी प्रर्दशनमा आएका छन् ।

निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बनेको चलचित्र गुरुङ संस्कृतीमा आधारित रहेको छ । चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ, साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको यस चलचित्रका कार्यकारी निर्माता वीरबल घले रहेका छन् भने निर्मातामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले रहेका छन् छन् । बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन् ।

चलचित्र रिमैको गत बुधबार राजधानीको नयाँ सडकस्थित एक हलमा प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा चलचित्र हेरेपछि सहभागीहरुले चलचित्र मन परेको प्रतिकृया दिएका थिए ।

चलचित्र चिठ्टी माधव राज खरेलको लेखन र निर्देशनमा निर्माण गरिएको हो । कमेडी, हरर र सस्पेन्सले भरिएको यस चलचित्रले हलहरुमा तुलनात्मक रुपमा न्युन शो पाएको छ ।
चलचित्रमा खड्ग बहादुर पुन ‘खबपु’ सहित संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मि भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रह्लाद खरेल, डेभिल सिंह राजपूत, समीर लामा, राजु कार्की र रज्जु गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्माता कमला जोशी रहेका छन् ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।