नेपाली कथान चलाचित्र “ कुमुदे हिड्यो हिरो बन्न “ निर्माण हुने भएको छ । शाहीत्यकार तथा गीतकार जानकी पन्त जुन को डेब्यु निर्देशन रहने यस चलचित्र २०८३ सालभित्र हुने बताइएको छ ।
नेपालको दाङ , पोखरा र काठमाण्डौको स्थानमा छायांकन गरिएने यस चलचित्रको केहि दृश्य भने बेलायतमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । सत्यकथामा आधारित चलचित्र निर्माण गर्न लागेको निर्देशक पन्त जुनले बताइन् ।
आगामी सोमबार दाङको घोराईमा चलचित्रको शुभमुहुर्त राखिएको छ । शुभमुहुतलगत्तै चलचित्रको छायांकन सुरु हुनेछ । करिब २० दिनको नेपालमा छायांकनपछि तिहार लगत्तै बेलायत जाने चलचित्रका निर्माता बिष्णु पन्त शर्मा आचार्यले बताएका छन् ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता हुन् बिष्णु पन्त शर्मा आचार्य तथा सह निर्माता चक्र बहादुर बराल रहेका छन्र । चलचित्रमा कार्यकारी निर्माता भने रंग पत्रकार एवम रेडियो प्रस्तोता भोला सुबेदी आरजे प्रणव रहेका छन् ।
चलचित्रमा कुमुदेको पात्र भने अभिनेता कुमुद पन्त छन् । निर्माण पक्षले नायिकाको भने नाम गोप्य राखेको छ । चलचित्रमा दुई नायिका हुने बताए ।








प्रतिक्रिया