चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को प्रि–बुकिङ खुलेको छ ।
यही शुक्रबार (भदौ २७)बाट प्रर्दशनको तयारीमा रहेको ‘अभिमन्यु ः च्याप्टर–१’ दर्शकले टिकट किन्न सक्नेछन् ।
सबैभन्दा ठूलो चलचित्र चेन क्युएफएक्सले राजधानीमा १४ शो दिएको छ ।
ब्लकबस्टर चलचित्र पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको यस चलचित्रमा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सुशान्त गौतमको निर्देशन र मुकेश खनालको कथामा निर्माण भएको चलचित्र असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा हिन्दी भर्सन प्रर्दशन हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’ विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।








प्रतिक्रिया