काठमाडौं
केही दिनमा दशैं आउदैछ । दशैंको उत्सव र छुट्टीको मौका छोपेर चार चलचित्रहरु बलिदान, हरिबहादुरको जुत्ता, माइती घर र अभिमण्डु प्रर्दशन हुने पक्का भएको छ ।
दोश्रो ठूलो चाड तिहारमा पनि चलचित्र क्षेत्रका लागि उस्तै रोमाञ्चक हुने देखिएको छ । तिहारको मौका छोपेर दयाहाङले अभिनय गरेका तीन चलचित्र जारी २, बरिष्ठ बलराम र मैझारो प्रतिश्पर्धामा उत्रदैछन् ।
जेनजी पुस्ताको प्रर्दशनपछि भाँडिएको नेपाली चलचित्रको बजार झनै तरंगित हुँदै दशैं र तिहारमा प्रतिश्पर्धात्मक बनेका हुन् । यही भदौं २७ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र अभिमन्यु दशंैको फुलपाती(असोज १३)मा सरेको छ भने पर्सी असोज ३ गतेबाट प्रर्दशनको तयारीमा रहेको जारी २ पनि तिहारको अवसर पारेर कार्तिक ६ गतेबाट प्रर्दशनको मिती तोकिएको छ ।
चलचित्र जारी २ मा दयाहाङले अभिनयसँगै लगानी समेत गरेका छन् । उनी तीनै वटा चलचित्रका लागि प्रचारमा खटिनु पर्नेछ ।सँगै अर्का कलाकार विजय बराल जारी २ र वरिष्ठ बलाराममा अभिनय गरेका छन् । सोही मितीमा मिरुनाको जारी र कार्तिक ७ गते मैझारो जुधेकाले उनलाई पनि प्रचारमा कसलाई धेरै महत्व दिने वा नदिने दबाव छ ।
सार्वजनिक विदा वा छुट्टीको बेला चलचित्र भवनमा दर्शकको भीड लाग्ने हुँदा निर्माता, प्रर्दशक र वितरकहरु पनि सोही मिती ढुकेर बसेका हुन्छन् । चलचित्र प्रर्दशनको बेला गरिने प्रचार फण्डामा कलाकारहरु पिल्सने गरेका छन् । निर्माताहरुको द्वन्द्वले कलाकारहरुको करिअरमै असर पर्ने विभिन्न घटनाहरु देखिएका छन् । साँडेको जुवाईमा बाछामो मिचाईमा पर्दा चलचित्र क्षेत्र नै धरापमा नपरे राम्रो । हैन त ?








प्रतिक्रिया