२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


९८औं ओस्कर अवार्डमा नेपालबाट चलचित्र ‘अञ्जिला’ सिफारिस



काठमाडौं
सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ ।
द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ’गुन्यु चोलो – द ड्रेस’ र ’अञ्जिला’ प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ’अञ्जिला’ लाई छनोट गरिएको हो।

’अञ्जिला’ अब ९८औं ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाको लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।