२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शान्तिश्रीद्वारा आन्दोलनका घाइतेहरूका लागि आर्थिक सहयोग



काठमाडौं । गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतमा लागिरहेकी आशिका तामाङमार्फत सहयोग उपलब्ध गराएकी छिन्। परियारले सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिँदै तामाङको अहोरात्रको मानवीय सेवाप्रति प्रशंसा गरेकी छन्। उनले घाइते र पीडित परिवारलाई अस्पतालदेखि घर–घरमा पुगेर लुगा, खाना, उपचार र हौसला पुर्‍याउँदै आएकी तामाङको कार्यले आफू प्रभावित भएको उल्लेख गरेकी छिन्।

‘हजुरले सुरु गर्नुभएको पवित्र कर्ममा सानो अंश मिसाउन मन लाग्यो,’ भन्दै परियारले आफ्नो सहयोग तामाङमार्फत घाइते र पीडितसम्म पुर्‍याइदिन आग्रह गरेकी छन्। उनले आन्दोलनमा आम जनताले भोग्नुपरेको पीडा देख्दा आफू असहाय महसुस भएको र सहयोगले थोरै भए पनि मन हलुका बनाउन पाएको भाव व्यक्त गरेकी छिन्। शान्तिश्री परियारले तामाङको निरन्तर खटाइ र मानवीय सेवाभावलाई ‘ठूलो सम्मान र प्रेरणादायी’ भनेर प्रशंसा गरेकी छिन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।