काठमाडौं
बेला बेलामा सुनिन्छ नेपाली चलचित्रका अभिनेत्रीहरुलाई चलचित्रका निर्माण पक्षले नसोधि निकाले रे । कतिपय अभिनेत्रीहरु आफ्नो अपोजिट पुरुष कलाकारलाई धेरै र बलियो भूमिका दिएको, धेरै पारिश्रमिक दिएको मात्रै होइन, चलचित्रका लेखकहरु खराव भएकै कारण महिला अभिनेत्रीहरु अघि नबढेको सम्म आरोप लगाउछन् ।
चलचित्र क्षेत्रको द्वन्द्व र इगोको लगाई कलिउडमा मात्रै होइन बलिउडमा समेत हुने गरेको रहस्य खुलेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार
बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई पनि निर्माण पक्षले एक पछि अर्को चलचित्रबाट निश्काशन गरेका छन् ।
निर्माणको चरणमा रहेका चलचित्र स्पिरिटका निर्देशक सन्दीप रेड्डी भङ्गाले दीपिकाले २५ करोड भारुसँगै १० प्रतिशत नाफाको हिस्साको दाबीसँगै विभिन्न शर्तहरु राखेको भन्दै चलचित्रबाट फ्याकेका हुन् । दीपिकाले नयाँ आमा रहेकाले ६ घण्टा मात्रै काम गर्ने माग मात्रै गरिनन् चलचित्रको कथा सार्वजनिक गरेर क्षति पु¥याएको आरोप लगाइएको छ । उनी चलचित्रबाट निस्केपछि यो भूमिका ट्रिप्ती डिम्रीलाई दिइएको छ ।
दीपिकालाई चलचित्र स्पिरिटबाट निकालेको चर्चा सेलाउन नपाउदै अर्को चलचित्र कल्की २ बाट समेत विदा गरिएको छ । चलचित्र कम्पनीका अनुसार उनले अव्यावसायिक आचरणसँगै पेशागत प्रतिबद्धता पुरा गर्न नसकेको बताइएको छ । चलचित्रमा ७ घण्टाको कार्यतालिका बनाएको र आफ्नो २५ सदस्य टिमको आवास खाना र यात्रा खर्च गर्नु पर्ने शर्त राखेपछि उनलाई चलचित्रबाट विदा गरिएको बताइएको छ ।








प्रतिक्रिया