काठमाडौं
चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत हिेर्न मिल्ने भएको छ । यस चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन् ।
आर्टमान्डूले निर्माण गरेको ’ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । समीक्षकहरूबाट सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन् ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन्।
’ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा चलचित्र हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको थियो ।
यो पनि पढ्नुस् :








प्रतिक्रिया